मायाघरमा नेशनल लाइफ

खबर पूर्वाञ्चल, १० फाल्गुन २०७६, शनिबार २०:५९

इटहरी / नीजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफनो ३३ औं वार्षिकोत्सवको अवसरमा इटहरी स्थित माया घर नेपालका ४६ जना वृद्धवृद्धाहरुलाई खाना खुवाएको छ ।

सामाजिक उत्तरदायित्व अन्र्तगत कम्पनीले देशभर विभिन्न कार्यक्रम गरीरहेका बेला असाहय तथा मानसिक अवस्था कमजोर भएका सडकमा बेवारिसे अवस्थामा रहेका बालबालिकासहित माया घरमा रहेका ४६ जनालाई उनीहरुको रुचीअनुसार भोजन गराएको कम्पनीका प्रदेश १ का प्रमुख नरेन्द्र राईले बताए ।

इटहरी २ हवाई चोकमा रहेको मायाघरमा रहेका विभिन्न क्षेत्रबाट आएका जेष्ठनागरीक बालबालिका तथा मानसिक सन्तुलन गुमाएकाहरुलाई दैनिक खाना तथा भोजन गराउन समस्या रहीरहेको बेला कम्पनीले एक छाक खाना खुवाएर गरेको सामाजिक कार्यले ठूलो सहयोग पुगेको माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेलले बताइन् ।

कम्पनीले पछिलो समय सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश १ मा शैक्षिक छात्रवृद्धि जेष्ठ नागरीकहरुलाई सम्मानलगायत विभिन्न कार्यक्रम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५