विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको जेभियर्स ई. स्कूलले पाँचौ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।
सकूलकोे प्राङगणमा आज शनिबार विविद्य कार्यक्रम गरी वार्षिकोत्सव तथा अभिभावक दिवश मनाएको हो । कार्यक्रममा स्कूमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले नृत्य, गायन, नाटकलगायतको विभिन्न कार्यक्रम गरी वार्षिक उत्सवमा सहभागि अथिति, अभिभावक तथा उपस्थित सवैलाई दिनभर भरपुर मनोञ्जन दिएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि बुढीगंगा गाउँपालिका उपाध्यक्ष अमृताकुमारी गच्छादार, अर्किड कलेजका प्रिन्सिपल दिपेश बास्तोला , सिटिी कलेजका क्याम्सप प्रमुख तिर्थ घिमिरे ,स्कुलका प्रिन्सिपल प्ररेश पोखरे र स्कूलका स्ञ्चलक जनक ढकाललगायतले बोलेका थिए । कार्यक्रम स्कूल व्यवस्थापन समितिका अध्यक्ष जितनारायण थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया