RUMPUM
animated ellipse animated ellipse

झापा, सोलुखुम्बु, सुनसरी र भोजपुर सेमिफाइनलमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ फाल्गुन २०७६, बिहीबार २०:१९
3
Shares
सोलुखुम्बु / सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा जारी प्रदेश १ स्तरीय तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगितामा झापा, सोलुखुम्बु, सुनसरी र भोजपुर विजयी भइ सेमिफाइनलमा प्रवेश गरेको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी १ नम्बर प्रदेशको आयोजनामा आज भएको प्रतियोगितामा झापा, सोलुखुम्बु, सुनसरी र भोजपुर सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको आज भएको क्वाटरफाइनल खेलमा झापाले संखुवासभालाई १२–२५, २५–१९, १९–२५, २५–२३ सेटले पराजित गरि झापा सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै सोही दिन भएको दोस्रो खेलमा सोलुखुम्बुले खोटाङ्गलाई २०–२७, २२–२५, २५–१५, २६–२४ को सेटले हरायो । तेस्रो खेलमा सुनसरीले धनकुटालाई २५–८, २५–१०, २५– १८ को सोझो सेटले पराजित ग¥यो । चौथो खेलमा भोजपुरले ओखलढुङगालाई २५–१४, १६–२५, २५–२३, २५–२३ को सेटले हरायो । प्रतियोगिताको शुक्रबारको पहिलो समिफाइनल खेल झापा र सोलुखुम्बु, सोही दिन हुने दोस्रो खेलमा सुनसरी र भोजपुर बिच प्रतिस्पर्धा हुने मदन भण्डारी स्पोर्टस् एकाडेमीका अध्यक्ष सागर थापाले जानकारी दिए । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।

प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार, द्धितीयेलाई १ लाख, तृतीयलाई ५० हजार र चौथो हुने समूहलाई २५ हजार नगद सहित मेडल प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर