हेल्थ प्रफेशनलको प्रजनन् स्वास्थ्य सचेतना

खबर पूर्वाञ्चल, ७ फाल्गुन २०७६, बुधबार १९:०८

विराटनगर / स्कूलेले विद्यार्थीहरुलाई लायन्स तथा लियो क्लब अफ विराटनगर हेल्थ प्रफेशनलले प्रजनन् स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

प्रजनन् स्वास्थ्य सम्बन्धी समुदायमा जनचेतना मुलक अभियान सञ्चालन गरिरहेको लायन्स क्लब अफ विराटनगर हेल्थ प्रफेशनलले बुधबार सुनसरीको हरिनगरगाउँपालिका – ४ मा रहेको हरिनगरा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना गराएको हो ।

कार्यक्रममा लायन्स तथा लियो क्लब अफ विराटनगर हेल्थ प्रोफेशनलका प्रतिनिधीले प्रजनन् स्वास्थ्य अन्तरगत महिनाबारीमा अपनाउनु पर्ने सावधानी, परिवार नियोजनको सहि प्रयोग र आवश्यक्ता, सुरक्षित मातृत्व र किसोर अवस्थामा हुने गर्भको जटिलता, सुरक्षित गर्भपतन, लैङगिक हिंसा तथा यौन रोगको विषयमा जानकारी गराइएको लायन्स क्लब अफ विराटनगर हेल्थ प्रफोशनलका अध्यक्ष डाक्टर बालकृष्ण साहले जानकारी दिए।

कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई पूर्व परिक्षा लिएर सचेतना जगाएपछि कार्यक्रम पछि पनि परीक्षा लिइएको थियो । सचेतना कार्यक्रममा कक्षा ९ का ५२ जन, कक्षा ११ का ७० जना सहभागि थिए ।

सचेतना कार्यक्रममा हरिनगर गापाका शिक्षा शाखा प्रमुख अजित मल्लिक, प्रधानाध्यापक बलराम मण्डल, डाक्टर बालकृष्ण साह, गजेन्द्र यादव, विरेन्द्र देव तथा लियो सदस्यहरु लगायत उपस्थित थिए ।

विद्यार्थीलाई लियो क्लबका सदस्यहरु आशा चौधरी, युनिका न्यौपाने, रुसा मगरले प्रजनन स्वास्थ्यका बारेमा जानकारी गराएका थिए ।
यस अघिनै लियो सदस्यहरूलाई आइपास नेपाल र विराटनगर महानगरपालिकाको सहयोगमा प्रजनन् स्वस्थ्य प्रशिक्षण तालिम तथा कार्यशाला गोष्ठि सम्पन्न गरेको थियो । उक्त तालिममा विज्ञहरूले प्रशिक्षण दिएर लियोका सदस्यहरूलाई प्रजनन् स्वास्थ्य सेचतना फैल्याउन दक्ष जनशक्ति उत्पादन गरेको थियो ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५