पूर्वाञ्चल खबर

रेष्टुरेन्डमा माटोको हाढीमा कोइलाबाट तयार गरिएको खसिको ‘कटिया मिट’ पाइने सञ्चालक निसान्त गुप्ताले जानकारी दिए । प्रदेश १ मा माटोको हाढीमा कोइलामा पकाउने कटिया मिट पहिलो भएको उनको दाबी छ । खसीको मासुबाट कोइलामा पकाइने यो परिकार ग्रामको हिसाबले विक्री हुने गरेको छ । २ सय ५० ग्रामको खसीको मासु राखेर तयार गरिने उक्त परिकार ३ सय ५० र १ सय २५ ग्रामको १ सय ७५ रूपैयाँ पर्नेछन् । यस बाहेक विभिन्न देशको खानाको परिकार र खाजाहरू पाइने उनले बताए ।