पूर्वाञ्चल खबर
उदयपुर / उदयपुरको बेल्टार नगरपालिका ९ बाट लागुऔषध बेचबिखनमा संग्लग्न ३ जनालाई पक्राउ गरिएको छ ।
स्थानीय आकाश तिम्सिनाको घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले घरधनी ३५ बर्षीय आकाश तिम्सिनासहित बेल्टार नगरपालिका १ का ३२ बर्षीय विकास बस्नेत र धरान १३ का ३८ बर्षीय प्रणय निरौलालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले डाईजोल्याव ३ एम्पुल, लिजेसी ४, एम्पुल, फेनारागन ४ एम्पुल, डाईलक्स डिसी १०० एमएलको २ बोतल, नाईट्राभेट ११ ट्याब्लेट, स्पास्मोप्रोक्सिवन ५९ ट्याब्लेट, गाँजा ३ सय ग्राम, नगद १५ हजार र मिनिल्यापटप १ थानसमेत बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरेको उदयपुर प्रहरीले जनाएको छ ।