AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्व उपप्रधानमन्त्री गच्छदारसहित एक सय ७२ विरुद्ध सीआईबीमा जाहेरी दर्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ फाल्गुन २०७६, आईतवार २०:२८
3
Shares
फाइल फोटो

काठमाण्डौे / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा ललिता निवासको जग्गा प्रकरणका एक सय ७२ विरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।

आज सीआईबीले गृहमन्त्रालयको जाहेरी अनुसार औपचारिक रुपमा मुद्दा दर्ता गरेको हो । यससँगै सीआईबीलाई आरोपित बनाइएलाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाउने बाटो खुलेको छ । केहीदिन अघि उक्त प्रकरणका आरोपित विरुद्ध गृह मन्त्रालय अन्तरगतको समरजंग कम्पनीले जग्गा हडप्ने र व्यक्तिका नाममा लालपूर्जा बनाउन भूमिका खेल्ने पूर्व उपप्रधामन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री, तीन पूर्वसचिवसहित एक सय ७२ जनामाथि मुलुकी ऐन, २०२० र मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार ठगी र किर्तेको अभियोगमा किटानी जाहेरी दिएको थियो ।

ललिता निवासको जग्गा सूवर्णशम्सेर तथा उहाँका आफन्ताबाट २०२१ सालमा सरकारले मुआब्जा दिएर गृह मन्त्रालयको सरकारी कार्यालय समरजंग कम्पनीको रेखदेख र स्वामित्वमा रहने गरी कायम गरेको थियो ।

जग्गा हत्याउन २०४९ सालमा ४८ जना, २०६१ मा २१ जना, २०६६ मा ६६ जना र २०६९ मा ३७ गरी एक सय ७२ जनाले किर्ते र ठगी गरेको भन्दै सीआईबीले आरोपितमाथि मुद्दा चलाउनुपर्ने राय गृहलाई दिएको थियो । जाहेरीअनुसार आरोपित अदालतबाट दोषी ठहरिए १० वर्षसम्म कैद, हिनामिना भएको सम्पत्ति जफत, त्यहीबमोजिम बिगो खुले बिगो बराबर जरिवाना हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर