AArya
RUMPUM
animated ellipse animated ellipse

बालुवाटार प्रकरणमा अख्तियार र सरकारको मिलेमतो भएको कोइरालाको दाबी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ माघ २०७६, शनिबार २०:२७
3
Shares
फाइल तस्वीर

विराटनगर / काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिलेमतो देखिएको दाबी गरेका छन् ।

डा. कोइरालाले आज एक विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषदले गरेको निर्णयलाई नीतिगत निर्णय भनेर उन्मुक्ति दिने र कसैलाई जग्गा फिर्ता गर्ने सर्तमा मुद्दा नचलाउनुले अख्तियारको सरकारसँग मिलेमतो रहेको पुष्टि हुने बताएका हुन् । वालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियारको मिलेमतो देखियो विज्ञप्तिमा भनिएको छ । केहीलाई मन्त्रिपरिषदको नितीगत निर्णय भन्दै उन्मुक्ति दिइएको तर केहीलाई जग्गा फिर्ता गर्ने सर्तमा मुद्दा नचलाइएको उनले उल्लेख गरे ।

ललिता निवासको जग्गा प्रकरणमा चलाइएको मुद्दाले अख्तियारको निष्पक्षता र संवैधानिक स्वायत्ततामाथी प्रश्न उठेको डा. कोइरालाले उल्लेख गरे । अख्तियारको यो कार्य लोकतन्त्र र देशका लागी यो दुर्भाग्य भएको कोइरालाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर