पूर्वाञ्चल खबर
विराटनगर / नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको उपाध्यक्ष तथा मार्सलआर्ट गेम्स महासंघको अध्यक्ष प्रविन कार्कीलाई मातृ शोक परेको छ ।
कार्कीका आमा गंगाकुमारी कार्कीको ८३ वर्षको उमेरमा निधन भएको हो ।
मुटुको विरामी रहेकी कार्कीको सोमबार राति बिराटनगर ३ बुद्धचौकस्थित आफ्नै निवासमा उनको निधन भएको हो । आज दिउँसो विराटनगरस्थित परोपकार घाटमा हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएको छ । गंगामायाको ६ छोरा र तीन छोरी रहेको छ । प्रविन कान्छो छोरा हुन् ।