RUMPUM
animated ellipse animated ellipse

अनलाइन सपिङका नाममा लाखौं रुपैयाँ ठगि गर्ने पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ माघ २०७६, मंगलवार १९:०४
3
Shares

विराटनगर / अनलाइन सपिङका नाममा लाखौं रुपैयाँ ठगि गर्ने मुख्य गिरोहसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न व्यक्तिसँग लाखौं रुपैयाँ ठगि गरेको आरोपमा प्रहरीले उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरेको हो । पक्राउ परेका गिरोहलाई मोरङ प्रहरीले आज विराटनगरमा पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ ।

प्रहरीले ठगिमा संलग्न मुख्य गिरोह मोरङ सुन्दरहरैचा नगरपालिका – ३ का ३६ वर्षिय बिशाल अर्याल भन्ने निरन्जनप्रसाद आचार्यलाई पक्राउ गरेको छ । यस्तै खोटाङ जन्तेढुंगा गाउँपालिका ४ का २२ वर्षिय शिवजी खड्का, सोही ठाउँकी २० वर्षिय देवी चौलागाई, धरान नगरपालिका २० बिष्णुपादुकाकी २० वर्षिय भावना राई, सोही ठाउकी १९ वर्षिय सरिता परियार, २० वर्षिय वर्षा कार्की, २३ वर्षिय सानु गौतम र २१ वर्षिय लक्ष्मी कार्कीलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई केही दिन अगाडी विभिन्न मितिमा पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये ठगका मुख्य गिरोह आचार्य रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

वेष्ट बाई नामक फेसबुक पेजबाट सामान अर्डरका नाममा पैसा लिदै सम्पर्क बिहिन हुने निरञ्जनले अन्य सातजनालाई परिचालन गर्दै आएका थिए । युवतीहरुले भने बैंक खाता खोल्नका लागि नागरिकता दिएका थिए । चौलागाई र खड्का भने बैंकबाट पैसा निकाल्ने काम गर्दै आएका थिए । निरञ्जनको समुहको नेटवर्क भारतमा पनि छ । आचार्यले आफू भारतीय एजेण्टको कर्मचारी भएको बताएका छन् । प्रहरीका अनुसार आचार्यले विभिन्न बैंक मार्फत एक करोड भन्दा बढी रुपैयाँ भारतीय पक्षलाई बुझाएको स्वीकार गरेका छन् । उनले अर्डरमा आफ्ना लागि ५ प्रतिशत कमिसन मात्र आउने बताएका छन् ।

भारतीय आधारकार्ड पनि बनाएका आचार्यको नेपाल र भारतमा बैंक खाताहरु छन् । उनले १७ जना व्यक्तीको ७८ वटा छुट्टा छुट्टै बैंक खाता खोलेका छन् ।
प्रहरीका अनुसार निरञ्जको मात्र ११ वटा बैंकखाता छ । वर्षा कार्कीको १४, लक्ष्मी कार्कीको १३, सानु गौतमको २२ वटा वैंक खाता छ । उनीहरुको नाम परिवर्तन गर्दै एउटै बैंकमा तीनवटासम्म खाता खोलेका छन् ।

पक्राउ पर्ने डरले कारोबार भइसकेपछि भने ती बैंकका खाता बन्द गर्दै आएका छन् । युवतीहरुलाई एक वैंकमा खाता खोलेबापत २ हजार रुपैयाँ दिने चेक आफू प्रयोग गर्दै आएका थिए । यसरी खोलेका खाताहरु ग्राहकबाट पैसा उठाईसकेपछि भने बन्द हुने गरेका थिए ।

‘पक्राउ परेका आचार्यले फेसबुकलगायतको विभिन्न अनलाइनको माध्यमबाट सस्तोमा सामान घरमै डेलिभरी गरिदिने भन्दै ग्राहकलाई जानकारी दिनेगर्दछ । मन परेको सामान ग्राहकले मगाउँने रहेछ । उक्त सामान खरिद गर्नुहुन्छ भने बैंक खातामा पैसाँ जम्मा लगाउने गरेको पाइयो,’ मोरङ प्रहरीका एसपी विश्व अधिकारीले भने, ‘खातामा पैसाँ जम्मा भएपछि ठगका गिरोह लापत्ता हुने गरेका रहेछन् ।’ उनीहरूले धैरै मानिसलाई ठगि गरेको प्रहरीले जनाएको छ ।

‘ठगका गिरोह आचार्यले वर्षा कार्की, सानु गौतम, लक्ष्मी कार्कीलगायतका युवतीहरूको फोटो प्रयोग गरी बिभीन्न मानिसका नागरिकता प्रयोग गरेको देखियो,’ उनले भने, ‘उनीहरुको नामको खाता खोलेर सो खाता अनलाईमा सामान मगाउने मानिसहरुलाई नाम र खाता नंम्बर दिई सम्बन्धित ग्राहकलाई खातामा पैसा हाल्न लगाई ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।’ जम्मा भएको रकम आचार्य र शिवजी खड्का देवी चौलागाईलगायतका निकाल्ने गरेको प्रहरीले जनाएको छ ।

ग्राहकबाट उठेको केही रकम आचार्यले बिभिन्न भारतिय व्यतिहरुको खातामा जम्मा गरिदिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यस ठगीमा ७८ वटा नेपाली नामको बैङ्क खाता र १४ वटा भारतिय बैङ्क खाताको प्रयोग उनीहरूले गरेको एसपी अधिकारीले जानकारी दिए ।

प्रहरीले विशाल भनिने आचार्य भन्ने निरञ्जन प्रसाद अर्यालको घरमा पुस १८ गते खानतलासी गर्दा १८ लाख १९ हजार ५ सय रुपैयाँ बरामद गरेको छ । यस्तै विराटनगर भन्सार कार्यालय सबारी साधनको अस्थायी पैठारीको ४० थान अनुमती पत्र, विभिन्न ब्यक्तिको नाम र फोटो परिवर्ता गरिएको नगरिकताको ३७ थान फोटोकपी, २५ थान सिम कार्ड बरामद गरेको छ । यस्तै प्रहरीले पक्राउ परेका अभियुक्तहरुको साथबाट जम्मा ६७ लाख ९९ हजार ७ सय ५० रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका अभियुक्तहरुबाट लखौं रुपैयाँ ठगि भएको हुनसक्ने प्रहरीले अनुसन्धान गर्दै आएको छ । पक्राउ परेकाहरूलाई प्रहरीले मुलुकी अपराध सहिता २०७४ अन्तर्गत विभिन्न मुद्दामा अदालतमा म्यात थप गरि अनुसन्धान गर्दै आएको छ । प्रहरीले उनीहरूको कसुस हेरेर बैङ्किङ कसुर सम्बन्धि ऐन अन्तर्गत बैङ्किङ कसूर सम्बन्धि मुद्दा, सरकारी छाप कागजात दस्तखत किर्ते, नागरिकता ऐन अन्तर्गत दोहोरो नागरिकता सम्बन्धि मुद्दा, संगठित अपराध निवारण ऐन २०७० बमोजिम मुद्दामा म्यात थप गरि अनुसन्धान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर