पूर्वाञ्चल खबर
विराटनगर /विराटनगरका लेखा परीक्षक प्रवल घिमिरको शंकास्पथ मृत्यु भएको भन्दै विराटनगर २ नम्बर वडा कार्यालय र स्थानियले सत्यतथ्य पत्ता लगाएर प्रभावकारी छानविन गर्न माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।
विराटनगर २ का वडा अध्यक्ष कुमार पोखरेलसहित स्थानियले उक्त माग राख्दै मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई भेटर आज ज्ञापनपत्र बुझाएका हुन् ।
वडा अध्यक्ष पोखरेलले शंकास्पद रुपमा घिमिरेको शव भेटिएको एक सात हुँदा पनि मृत्युको कारण पत्ता नलागेको प्रभावकारी छाविन हुनुपर्ने बताए । प्रजिअलाई ज्ञापन पत्र बुझाउँदै उनले घटनाको प्रकृति हेर्दा संकास्पद रहेकोले प्रभावकारी छानविन गरि सत्यतथ्य पत्ता लगाएर सार्वजानि गरिनुपर्ने बताए ।
मृतकका दाजु रविनकुमार घिमिरले शंकास्पथ रुपमा घटना भएकोले हत्या भएकोले सुष्म तरिकाले अनुसन्धान गरि घटना प्रहरीले सार्वजानिक गरिनुपर्ने बताए । ‘भाइको शव हेर्दा कतै चोटपटक लागेको छैन । पर्स र पैसा पनि छ । तर, मोवाइल अहिलेसम्म भेटिएको छैन,’ उनले भने, ‘वडा प्रहरी कार्यालय अगाडी छोडेपछि भाइ कुमारी बैंक अगाडीको घोसवारी रोड अगाडी मज्जाले राम्रोसँग हिडेको सिसी टिभी फुटेजमा देखिन्छ ।’ भाइको शंकास्पद तरिकाले हत्या भएकोले सबै कोणबाट अनुसन्धान हुनुपर्ने उनले बताए ।