RUMPUM
animated ellipse animated ellipse

बोलेरो दुर्घटना १ को मृत्यु, ३ घाईते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ माघ २०७६, सोमबार १२:३६
3
Shares

ओखलढुङगा / ओखलढुङगाको चम्पादेवी गाउँपालिका ५ मा आज बिहान भएको बोलेरो दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

स्थानीय ५५ बर्षीय सन्तोष विक विरामी भई उपचारको लागि बा २१ च ७३६१ नम्बरको बोलेरोमा लिएर ओखलढुङगा जाने क्रममा बाटोमा आफै अनियन्त्रीत भई बाटोबाट करिव ४ सय मिटर तल गोपे खोलामा खसेर दुर्घटना हुँदा बोलेरोमा सवार ५५ बर्षीय बिकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई घाईतेहरुको उद्धार गरी उपचारको लागि फिस्टेल एयरको हेलिकोप्टरद्धारा काठमाण्डौ पठाएको छ भने मृतकको कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको ओखलढुङगाले प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर