RUMPUM
animated ellipse animated ellipse

अदालतको आदेश अघि नै सिद्धबाबा भारततर्फ फरार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ माघ २०७६, बिहीबार २०:१८
3
Shares
फाइल तस्वीर

विराटनगर / आफ्नै अनुयायी माथि बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी फरार भएका छन् ।

उच्च अदालत विराटनगरमा मुद्दाको सुनवाई चलिरहेको अवस्थामा गिरी नेपाल छाडेर भारत भागेका हुन् । सिद्धबाबालाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न उच्च अदालत विराटनगरले आज आदेश दिएको छ ।

तीन लाख रुपैयाँ धरौटी लिएर छाड्न जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पुस १४ गते दिएको आदेश बदर गर्दै उच्चले जवरजस्ती करणी मुद्दामा थुनामा राख्न आदेश दिएको हो । उच्चका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको आदेश बदर गरिदिएको हो । उक्त आदेश विरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन दायर गरेका थिए । सिद्धबाबाले पनि साधारण तारेखमा मुद्दाको पूर्पक्ष माग गर्दै निवेदन दायर गरेका थिए । उच्च अदालत विराटनगरमा आफू विरुद्धको जवरजस्ती करणी मुद्दाको सुनुवाई चलिरहेका सिद्धबाबा भने आज दिउँसो भारततिर लागेका छन् । आदेश अघि नै गिरी भने नेपाल छाडेर भारत भागेका हुन् ।

प्रहरी सुरक्षामा सीमावर्ती क्षेत्र रानी पुगेका गिरी जोगवनीको बाटो हुँदै भागेका हुन् । आश्रम विराटनगरसम्म सुरक्षा गार्डसँगै आएका उनी रानी जाने भन्दै हिडेका थिए ।

उच्च अदालतबाट जिल्लाको आदेश बदर गरी सिद्धबाबालाई थुनामै राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश भएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले जानकारी दिए । उच्चको आदेशपछि जिल्लाले दिएको आदेश बदर भएको उनले बताए ।

सरकारले उपलब्ध गराएको निजी सुरक्षा गार्डलाई भने नेपाल–भारत सीमा क्षेत्रबाटै फिर्ता पठाइदिएर विराटनगरको जोगवनी नाका हुँदै उनी भारततर्फ हिँंडेका हुन् । सिद्धबाबा आफ्ना केही अनुयायीसहित ग १ च ८१५७ नम्बरको पजेरो गाडी चढेर भारततिर लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर