पूर्वाञ्चल खबर
उदयपुर / उदयपुर त्रियुगा नगरपालिका १४ जितपुर स्थित सगरमाथा राजमार्गमा विपरित दिशाबाट आएका बसहरु एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा २८ जना घाईते भएका छन।
आज दिउँसो गाईघाटबाट साउनेतर्फ जादैगरेको मे १ ख १७४० नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको बा २ ख ५४१८ नम्बरको बस एक आपसमा ठक्कर खाइ दुर्घट्ना हुँदा मे १ ख १७४० नम्बरको बसमा सवार १३ जना र अर्को बसमा सवार १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
घाईते मध्ये १८ जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ भने १० जनालाइ थप उपचारको लागी विराटनगर तर्फ ल्याउदै गरेको उदयपुर प्रहरीले जनाएको छ।