RUMPUM
animated ellipse animated ellipse

सि जिनपिङ पुस्तकको चर्चा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ माघ २०७६, बिहीबार ११:३२
3
Shares
विराटनगर / चीनका राष्ट्रपति सि जिनपिङका बारे लेखिएको पुस्तकको चर्चा भएको छ । पुस्तकमा सिले राष्ट्रलाई कसरी आर्थिक समृद्धिमा पु¥याउन सकिन्छ भन्ने सोच र योजना विस्तृत रुपमा लेखिएको छ ।

मोरङको सुन्दरहरैंचा–६ का युवाको समूहले चीनका राष्ट्रपति सि जिनपिङले राष्ट्रमा गरेको अर्थिक समृद्धिका साथै उल्लेखनीय विकास र योग्दानलाई समेटेर तयार पारिएको पुस्तक वितरण गरिएको छ ।

सिले ल्याएको आर्थिक समृद्धि र विकासका योजनालाई कसरी नेपालमा लागू गर्दा देशको विकास गर्न सकिन्छ भन्ने धारणाका साथ पुस्तक वितरण गर्नुका साथै चर्चा गरिएको थियो । त्यही अवधारणा र विकासका योजनालाई कसरी नेपालले आत्मसाथ गर्दै अघि बढे त्यसबाट फाइदा लिनसकिन्छ भनेर सहभागीबीच चर्चा भएको थियो ।

नेपालमा सरकारले भएका पर्याप्त स्रोत साधन र जनशक्तिको प्रयोग गरेर सिको सिद्धान्त र अवधारणा लागू गर्न सके नेपाल पनि एउटा समृद्ध राष्ट्र बन्न सक्ने इष्ट नेपाल टेक्निकल कलेजले आयोजना गरेको कार्यक्रममा चर्चा गरिएको थियो ।
उक्त कार्यक्रममा नेकपाका युवा नेता पर्शुराम बस्नेत, प्रदेश कमिटिका सदस्य लक्ष्मी फुँयाल अन्य नेता, विद्यार्थी, शिक्षक, अभिभावकलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर