CLASSICTECH NET

संसदलाई अनिर्णयको बन्दि नवनाउन सभापति देउवाको नेकपासँग आग्रह

खबर पूर्वाञ्चल, १ माघ २०७६, बुधबार २०:३७

विराटनगर । सभामुखको चयन अविलम्व गर्नु पर्ने नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

आज विराटनगर विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै सभापति देउवाले संसदलाई अनिर्णयको बन्दि नवनाउन आग्रह गर्दै आप्mनो पार्टीलाई सभामुख दिएमा ससद व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गरिने दावी समेत गरे ।

नेपाल कम्यूनिष्ट पार्टी९नेकपा० भित्र आन्तरिक विवादका कारण सभामुखको चयनमा ढिलाई भएको प्रसंग उल्लेख गर्दै सभापति देउवाले नेकपा भित्र गुटउपगुट रहेको जनताले प्रष्टरुपमा थाहा पाएको बताए । उन ससदको गतिराध हटाउन चाँडै संसदीय दलको वैठक वोलाउने र त्यसवाट ठोस निर्णय लिने जानकारी समेत दिए ।

संवैधानिक प्रावधान अनुसार प्रदेशमा सभामुख वा उप सभामुख मध्यृे एक पद पाउने पर्ने हो तर संविधान विपरित कार्य भएकोले अविलम्व सच्चाउनु पर्नेमा सभापति देउवाले जोड दिए ।

सभापति देउवाले बहुचर्चित एमसीसीलाई नेपाली काङ्ग्रेसले पहिला नै समर्थन गरिसकेको र सरकारले पास गर्नु जोड दिए । पार्टीको महाधिवेशनको मित्रि कुनै पनि हालतमा परिवर्तन नहुने बताउदै सभापति देउवाले पार्टी भित्र रहेका केही साधारण समस्या समाधान गर्दै संगठन वलियो बनाउने दावी समेत गरे ।

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५