अब बस्ने प्रदेश सभा बैठकबाट प्रदेश १ को नाम टुंगो लाग्छ : मुख्यमन्त्री

खबर पूर्वाञ्चल, २९ पुष २०७६, मंगलवार २१:१८
फाइल तस्वीर

विराटनर/ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अब बस्ने प्रदेश सभाको बैठकबाट प्रदेश १ को नामँकन टुंगो लाग्ने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको आयोजनामा विराटनगरमा आज सम्पन्न भएको परिषद्को तेस्रो बैठकमा मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री राईले प्रदेश सभाको बैठक छिटै आव्हान हुने र प्रदेशको नाम पनि टुंगो लाग्ने जानकारी दिए । छलफल र परामर्श जारी रहेकोले सहमतिबाट प्रदेशको नाम टुंगो लाग्ने मुख्यमन्त्री राईले बताए । उनले प्रदेशको नाम पछि टुंगाउ भन्ने दलहरुबिच सहमति भएकोले अब बस्ने प्रदेश सभाको बैठकबाट प्रदेशको नाम टुंगो लाग्ने बताए । मुख्यमन्त्री राईले परिषदको तेस्रो बैठकबाट गरिएको निर्णाय पनि प्रभावकारी कार्यन्वय गरेर अगाडी बढनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

biranagar metro
NBC

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५