Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/pukchal5/public_html/wp-content/plugins/types/vendor/toolset/types/embedded/includes/wpml.php on line 646

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/pukchal5/public_html/wp-content/plugins/types/vendor/toolset/types/embedded/includes/wpml.php on line 663
विराटनगरमा विराट सडक महोत्सवद लाग्दै, १ लाखले अवलोकन गर्ने लक्ष्य – KhabarPurwanchal
CLASSICTECH NET

विराटनगरमा विराट सडक महोत्सवद लाग्दै, १ लाखले अवलोकन गर्ने लक्ष्य

खबर पूर्वाञ्चल, २८ पुष २०७६, सोमबार १९:२९

विराटनगर / मन्जिना मूभिज क्रिएशनको आयोजनामा विराटनगरमा बुधबारदेखि ‘विराट सडक महोत्सव’ लाग्ने भएको छ ।

भ्रमर्ण वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले चार दिने सडक महोत्सवम विराटनगरमा लाग्ने भएको हो ।

माघ १ देखि ४ गतेसम्म विराट सडक महोत्सव हुने आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । विराटनगर महानगरपालिको सहयोगमा हुन लागेको उक्त सडक महोत्सवमा विराटनगरको ट्राफिकचौकदेखि महेन्द्र चौकसम्मको सडकमा महोत्सव लाग्ने भएको मन्जिना मुभिज क्रियसनका प्रबधन्क निर्देशक जतिन ताम्राकारले जानकारी दिए । दिउँसो ३ देखि साँझ ८ बजेसम्म लगातार चार दिनसम्म सडक महोत्सव हुने उनले बताए । सडक महोत्सवमा स्वदेशी खाना र स्थानिय स्तरमा उत्पादनमा भएको बस्तुको साथै दैनिक साँस्कृतिक कार्यक्रम हुनेछ ।

दैनिक स्थानिय र राष्ट्रिय स्तरका कालाकारहरुबाट सहभागिहरुलाई भरपुर मनोञ्जन प्रदान दिने आयोजकले जनाएको छ । मोहत्सवमा नेवारी, थारु, मारवाडी, थकाली र अन्य विभिन्न परिकारहरुको स्टलहरु रहनेछ । महोत्सवमा ५० स्टलहरु हुनेछन् । ‘सरकाले मनाउँदै गरेको भ्रमण वर्षलाई निजी क्षेत्रबाट पनि सहयोग पु¥याउन हामीले सडक महोत्सव आयोजना गरिएको हो,’ मन्जिना मूभिजका निर्देशक ताम्राकारले भने, ‘सबै क्षेत्रबाट भ्रमण वर्षलाई सफल बनाउन हामीले पनि महोत्सव गर्न लागेका हौ ।’ महोत्सव स्थलमा प्रदेश १ का रमणिय पर्यटकी गन्तब्यहरूको फोटाहरु पनि रहनेछ । उनका अनुसार महोत्सवमा एक लाख दर्शकले प्रत्यक्ष रुपमा अवलोकन गर्ने लक्ष्य राखेको बताए । एक करोड भन्दा बढीको कारोबार हुने आयोजकले लक्ष्य राखेको छ ।

महोत्सवमा सुगम पोखरेल, अनिल सिंह, आलमोडा राना उप्रेती, प्रयत्न श्रेष्ठ, सिग्नेचर ब्याण्ड र स्थानिय कलाकारहरुको प्रस्तुती हुनेछ ।

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५