खबर पूर्वाञ्चल
सुन्दरहरैँचा–५ स्थित बूढी खोला किनारमा भाग्दै गरेका पदमबहादुरलाई इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले स्थानीयको सहयोग लिएर पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
पक्राउ परेका पदमबहादुरलाई बेलबारी प्रहरीको हिरासतमा राखेर घटनाको थप अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी बस्नेतले दिए । उनका अनुसार पदमबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी छ । उनले पत्नी मनमाया तामाङको बुधबार राति हत्या गरेको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन (मापसे) गरेर घर आएका पदमबहादुरले सामान्य पारिवारिक विवादमा बाँसले हिर्काएर पत्नी मनमायाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पत्नीलाई मारेपछि उनी फरार बनेका थिए । हत्या गरेर घरको कोठाभित्र छाडेको अवस्थामा बिहीबार बिहान शव फेला परेको थियो ।