पूर्वाञ्चल खबर
धरानमा / जबरजस्ती करणी गरि फरार अभियुक्त धरानमा पक्राउ परेका छन् ।
२०५८ साल मंसिर २० गते अदालतले जबरजस्ती करणी मुद्दामा अभियुक्त ढहर गरीएका धरान ११ का ३२ वर्षीय सनेत राई पक्राउ परेका हुन् ।
फरार अभियुक्तहरूको खमेजतलास गर्ने क्रममा राईलाई सुनसरी प्रहरीले आज पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
अदालतले जबरजस्ती मुद्दामा ६ महिनाको कैद सजाय तोकेको छ । पक्राउ परेका राईलाई आजै अदालतमा उपस्थीत गराई कैद भुक्तान गर्न झुम्का कारागार पढाइएको इलाका प्रहरी कार्यालय धरानलले बताएको छ ।