पूर्वाञ्चल खबर
विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङले चोरी भएको मोटरसाइकल फेला पारि सवारी धनीलाई हस्तान्तरण गरेको छ ।
प्रहरीले चोरी भएको दुई वटा मोटसाइकल र चार थान मोवाइल फेला पारि सम्बन्धीत धनीलाई आज हस्तान्तरण गरेको हो । मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले हराएको मोवाएल र चोरी भएको मोटसाइल फेला पारि हस्तान्तरण गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङमा चालु आर्थिक वर्षको पाँच महिनामा सवारी साधन चोरीको ४२ वटा उजुरी परेको छ । मंसिरसम्म २२ वटा चोरीको सवारी साधन नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको सवारीहरु प्रहरीले विभिन्न मितिमा सवारी धनीलाई बुझाएको मोरङ प्रहरीका प्रमुख एसपी अधिकारीले जानकारी दिए ।