animated ellipse animated ellipse

विराटनगरको भानुटोलको फोहर एक हप्तादेखि उठेन, शहर दुर्गन्धित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ मंसिर २०८०, सोमबार ०८:०६
108
Shares
सृजना नकर्मीको घर झिर्ने गेटमा थुमारे राखेको नालाबाट निस्केको लेदो
विराटनगर / विराटनगर महानगरपालिकाले नालाबाट लेदो निकालेर सडकमा राखेको फोहर एक हप्ता बितिसक्दा पनि अझै उठाएको छैन ।

विराटनगर – ९ भानुटोलको भित्री सडकको नालाबाट निकालिएको लेदोसहितको फोहोर व्यवस्थापनमा महानगरले ध्यान नदिँदा सडक दुर्गन्धित बनेको छ ।

नालाबाट झिकेको फोहोर एक हप्ता बितिसक्दा पनि अहिलेसम्म उठाएर नलादा दुर्गन्धले बस्न नसक्ने अवस्था भएको विराटनगर ९ भानुटोलकी सृजना नकर्मीले जानकारी दिइन् । ‘नालाबाट झिकेको लेदोसहितको फोहर सडक किनारमा छरपस्ट तरिकाले राखेको छ । दुर्गन्ध पनि उत्तिकै छ । सडक किनारमा हिड्ने मान्छेहरु नाक थुनेर हिड्ने गरेका छन्,’ उनले भनिन् ।

फोहोर संकलन र विसर्जन हुन नसकेपछि विराटनगरमा दुर्गन्ध फैलिन थालेको छ । सडकमा नालाको फोहर उठाएर फाल्दा सवारी साधन पनि दुर्घटना हुने गरेको छ । सवारी दुर्घटनामा परि सवारी चालकहरु घाइते पनि भएका छन् । यसरी सडक किनारमा फोहर फाल्दा सडक साघुरो हुने र सवारी सावगमनमा समस्या हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर