CLASSICTECH NET

नेकपाले राष्ट्रियसभाको उम्मेदवार टुङ्ग्यायो

खबर पूर्वाञ्चल, १८ पुष २०७६, शुक्रबार १९:२६

काठमाण्डौं / सत्तारुढ नेपाल कम्युिनस्ट पार्टी नेकपाले राष्ट्रिय सभाको उम्मेदवार टुंग्याएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको हो । माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनको लागि सचिवालय बैठकले सातवटै प्रदेशमा उम्मेदवार हुने व्यक्तिहरुको टुंगो लगाएको हो । यसपटक यसअघि आएका व्यक्तिहरुलाई नदोहोर्‍याउने निर्णय बैठकले गरेको छ । पूर्वएमालेलाई ५६ र पूर्वमाओवादीलाई ४४ प्रतिशतका आधारमा भागबन्डा भएको छ । सचिवालयले प्रवक्ता तथा सचिवालय सदस्य नारायाणकाजी श्रेष्ठ, केन्द्रीय सदस्य बेदुराम भुसाल र गंगा बेलबासेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

निर्वाचित हुने उम्मेदवारहरुको पदावधी ६ वर्षको हुनेछ । प्रदेश १ बाट महिलामा इन्दु गौतम, दलितमा गोपी अछामी र अन्यमा देवेन्द्र दाहाल यस्तै प्रदेश २ बाट महिलामा तुलसा दाहाल र दलितमा राधेश्याम पासवान उम्मेदवार बनेका छन् । यसैगरि प्रदेश ३ बाट महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भुसाल तथा गण्डकी प्रदेशबाट अन्यमा नारायाणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने, प्रदेश ५ मा विमला घिमिरे, गोपाल भट्टराई र अपाङ्गमा जगप्रसाद भट्टराई रहेका छन् । यसैगरि कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा र महिलामा सुनिता विसी तथा सुदूरपश्चिमबाट अन्यमा तारामान स्वँर र महिलामा शारदा भट्ट उम्मेदवार बनेका छन् ।

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५