खबर पूर्वाञ्चल
‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा बालबालिकाले राखेको बालकमा तपाईको लक्ष्य के थियो ? भन्ने प्रश्नमा ओलीले समयक्रम अनुसार लक्ष्य परिर्वतन हुँदै गएको सुनाए । दुर्गम गाउँमा ६८ वर्ष अगाडि जन्मिएको आफूले प्रधानमन्त्री हुन्छु भन्ने सपना नदेखेको बताए । त्यसबेला आफूले भेटेको मानिसमध्ये गुरु नै ठूलो र जानकार मान्छे भएकाले आफूले गुरुजस्तै पढेलेखेको विद्धान बन्न लक्ष्य प्रधानमन्त्री ओलीले सुनाए ।
पञ्चायती तानाशाहविरुद्ध लड्दा मर्न परे मर्छु, जे गर्नुपर्ने गर्छु भनेर आन्दोलनमा लागेको उनले बताए । जेलमा अहिले मार्छ कि भोली मार्छ भन्ने बेला प्रधानमन्त्री हुन्छु भने विपरीत सपना देख्नु मुर्खतापूर्ण हुने प्रधानमन्त्री ओलीले बताए । व्यवस्था परिर्वतन भएपछि पनि आफ्नो ध्यान देशमा कसरी सुशासन ल्याउने, विकासको बाटोमा कसरी लैजाने भन्नेमा रहेको उनले बताए । तर आफू सांसद, मन्त्री हुँदै परिस्थितिले प्रधानमन्त्री भएको भन्दै अहिले प्रधानमन्त्रीमा टिकिरहन्छु भनेर नभइ देश बन्नुपर्छ भनेर काम गरिरहेको बताए ।