RUMPUM
animated ellipse animated ellipse

उद्यौली साकेला सिलि सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ पुष २०७६, शनिबार १६:११
3
Shares

विराटनगर / किराँत धर्मालम्बीहरु राष्ट्रिय पर्वको रुपमा मनाउदै आएको महान पर्व उद्यौली साकेला सिलि नाच्दै समापन गरिएको छ ।

विराटनगर ३ स्थित चिनारी मार्गमा किराँत सेवा समाज विराटनगरले आयोजना गरेको साकेला सिली प्रशिक्षणसँगै उद्यौली पर्व समापन गरिएको हो ।

विराटनगरको उत्तर भेगमा बसोबास गर्दै आएका राई समुदायले एक महिनासम्म साकेला सिलिको समेत प्रशिक्षण लिएका थिए । एक महिने प्रशिक्षण कार्यक्रममा राई समुदायका महिला तथा पुरुषहरुले आ– आफ्नो संस्कृति झल्कने पोसाकमा सजिएर साकेला सिली नाच्न व्यास्त देखिन्थे ।

अब आउने पुस्तालाई आफ्नो समुदायको कला र सस्कृतीको बारेमा जानकारी गराउने उद्धेस्यका साथ एक महिना साकेला सिली प्रशिक्षण गरिएको किरात सेवा समाज विराटनगरका अध्यक्ष हरि चाम्लिङ राईले जानकारी दिए ।

एक महिनासम्म जारी साकेला सिली प्रशिक्षणलाई विराटनगर महानगरपालीका वडा नम्बर एकले आर्थिक सहयोग गरेको थियो । प्रशिक्षण कार्यक्रममा दुई दर्जन राई समुदायका महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर