पूर्वाञ्चल खबर
शिवगञ्ज / झापाको शिवसताक्षी नगरपालिका ६ मा श्रीमानको छुरा प्रहारबाट श्रीमतीको मृत्यु छ ।
भारतको डिगलबैक पञ्चायत घर भई झापाको शिवसताक्षी नगरपालिका ६ मा रहेको धानको काँटामा काम गर्ने ४० बर्षीय श्रीमान शंकर भन्ने बुधराम मुर्मको छुरा प्रहारबाट ३९ बर्षीया फङके किस्कु मुर्मुको मृत्यु भएको हो।
शंकर र फङकेबिच बिहिवार राती ७ बजे घरायशी बिषयमा बादबिबाद भई तनाव पैदा हुँदा श्रीमान शैकरले एक्कासी छुरा प्रहार गर्दा श्रीमती फङके गम्भीर घाईते भएकी थिईन् ।
घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय शिवगंजबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र शिवगञ्ज लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । श्रीमतीलाई छुरा प्रहार गरी हत्या गर्ने शंकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।