RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा ५ लाख पर्यटक भित्राईने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ पुष २०७६, बुधबार १९:५३
3
Shares
विराटनगर / प्रदेश १ मा सन् २०२० भित्रमा ५ लाख पर्यटक भित्राईने भएको छ ।
५ लाख पर्यटक भित्राउने गरि उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले आफ्ना कार्यक्रमहरु अघि बढाएको हो ।

भ्रमण वर्षको आगामी पुस १६ गते शहिद मैदान विराटनगरमा प्रदेश स्तरिय उद्घाटन गर्ने कार्यक्रम रहेको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री जगदिशप्रसाद कुसियतले जानकारी दिए । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री कुसियतले भ्रमण वर्षलाई व्यापक बनाउने गरि तयारी तीव्र पारिएको समेत बताए ।

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गरेर २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको र सोही अभियानलाई सार्थक बनाउन प्रदेश सरकारले ५ लाख पर्यटक भित्राउने लक्ष्य लिएको मन्त्री कुसियतले बताए ।

उद्घाटनका दिन प्रदेश १ का विभिन्न जातजातिको झाँकी प्रर्दशन गर्ने र नमूना पर्यटन गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको मुल समारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले बताए । उद्घाटन कार्यक्रममा करिव १० हजारको सहभागिता रहने उनले बताए । उद्घाटन कार्यक्रमका दिन प्रदेश १ सँग जोडिएका भारतीय सीमावर्ती क्षेत्रका पर्यटन व्यवसायीलाई पनि सहभागिताका लागि निमन्त्रणा गरिएको उनले बताए । उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले भ्रमण वर्षलाई सफल बनाउनका लागि विभिन्न १२ वटा उपसमितिहरु बनाएर काम गरिरहेको छ ।

नेपाल सरकारले घोषणा गरेको १ सय वटा पर्यटकीय गन्तव्यको सूचीमा प्रदेश १ मा १६ वटा स्थल रहेका छन् । पर्यटकीय गन्तव्य स्थलमा पुग्नका लागि सहज होस भनेर भौतिक पूर्वाधार विकासका लागि प्रदेश सरकारले १ अर्व बढी रकम विनियोजन गरि काम गरिरहेको मन्त्रालयका सचिव सञ्जीवकुमार राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर