animated ellipse animated ellipse

प्रदेश १ मा ७८७ संक्रमण पुष्टि हुँदा ४६७ जना संक्रमण मुक्त, १३ जना संक्रमितको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ जेष्ठ २०७८, मंगलवार १९:२२
891
Shares
विराटनगर/ प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७८७ जना कोरोना संक्रमित पुष्टि हुँदा ४६७ जना संक्रमण मुक्त भएका छन् ।

मोरङमा २६८, झापामा २५५, सुनसरीमा १९२, उदयपुरमा १४, धनकुटामा १२, संखुवासभामा ५, इलाम र ते¥हथुममा ४–४, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १००, सुन्दरहरैचामा ७६, उर्लाबारीमा २४, पथरीशनिश्चरेमा १९, बेलबारी र बुढीगंगामा १०–१०, मिक्लाजुङमा ५, ग्रामथान, धनपालथान र कटहरीमा ४–४, जहदा, रंगेली, लेटाङ, सुनबर्षी र स्थानीय तह नखुलेको २–२, कानेपोखरी र रतुवामाईमा १–१, झापाको भद्रपुरमा ५६, मेचीनगरमा ५१, विर्तामोडमा ४१, दमकमा २९, अर्जुनधारामा २०, शिवसताक्षीमा १३, कनकाई र कमल गाउँपालिकामा ११–११, कचनकवलमा ६, बुद्धशन्तिमा ५, हल्दिबारीमा २, गौरादह, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ७, सुनसरीको इटहरीमा ७४, धरानमा ६६, दुहवीमा १०, रामधुनीमा ९, इनरुवामा ८, गढी र बराहक्षेत्रमा ६–६, देवानगञ्जमा ५, भोक्राहानरसिंहमा ४, कोशी गाउँपालिकामा २, बर्जु र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा ७, चौदण्डीगढीमा ४, रौतामाई, उदयपुरगढी र बेलकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ६, छथर, पाख्रिवास, साँघुरीगढी, चौवीसे, शहिदभूमी र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा ४, स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, ते¥हथुमको म्याङलुङमा ३ र फेदापमा १, भोजपुरको भोजपुर नगरपालिकामा २ र हतुवागढीमा १, ताप्लेजुङमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६३ हजार ३१३ पुगेको छ । संक्रमित भएका मध्ये ४२ हजार ८४१ संक्रमणमुक्त भएका छन् । आज ४६७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ८४० पुगेको छ । प्रदेश १ मा आज २ हजार ५०० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३५५ महिला र ४३२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट प्रदेश १ मा १३ जनाको मृत्यु भएको छ । यो सँगै प्रदेशमा मृत्यु हुनेको संख्या २९८ महिला र ६९२ जना पुरुष गरी ९९० पुगेको छ ।

मृत्यु हुनेमा मोरङ र सुनसरीका ४–४ जना, धनकुटाका २ जना तथा उदयपुर, झापा र प्रदेश १ बाहिरका १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सवैभन्दा बढी नोवेलमा उपचार गराएका संक्रमितको मृत्यु भएको छ । नोवेलमा १० संक्रमितको मृत्यु भएको हो । त्यस्तै विराटनगरको कोशी कोभिड उपचार केन्द्र, अन्य आइसोलेनस र होम आइसोलेनसमा १–१ जना संक्रमितको र्मतयु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर