पूर्वाञ्चल खबर
विराटनगर / सदैव शैक्षणीक तथा अतिरिक्त कार्यक्रममा अवल, बिराटनगर – २ मा रहेको बुढानिलकण्ठ अ. मा. वि मा विभिन्न कार्यक्रमका साथ क्रिसमस डे मनाएको छ ।
विभिन्न धर्म विशेष कार्यक्रमहरु मनाउने क्रममा क्रिसमस डे को कार्यक्रम मनाईएको स्कूलले जनाएको छ । कार्यक्रमको सुरुवातमा क्रिसमस सम्बन्धित नाट्य प्रश्तुती गरिएको थियो त्यस पछि स्कूलमा कक्षा चारदेखि सातमा अध्यायनरथ विद्यार्थीहरुले सुमधुर संगित र नृत्यको साथमा मानव अंकित व्रिmसमस क्याप तयार गरेका थिए । सेन्टाक्ल्सको पोसाक पहिरिएका विद्यार्थीहरुले स्कूल प्राङ्गणको अग्रपंत्तिमा उभिएर कार्यक्रमको शोभा बढाएका थिए ।
कार्यक्रमकै क्रममा कक्षा दुईदेखि नौ का छात्राहरुले विभिन्न समुहमा नृत्य प्रश्तुत गरेका थिए । दुई चरणमा प्रश्तुत गरिएको उक्त कार्यक्रमको समाप्तिसँगै सेन्टाक्लसको पोसाकमा सझिएका विद्यार्थीहरुले सम्पूर्ण विद्यार्थीहरुलाई चकलेट वितरण गरेको स्कूलका प्रिन्सिपल मणीराज भट्टराई जानकारी दिए ।