RUMPUM
animated ellipse animated ellipse

ताप्लेजुङमा महिलाको हत्या

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ पुष २०७६, आईतवार १८:३७
3
Shares

ताप्लेजुङ / ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको खोक्लिङमा हत्या भएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

मिक्वाखोला २ खोक्लिङको थापागाउँ निवासी करिव ३४ वर्षीया कविता थापाको शव फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए ।

शनिबार साँझ ६ अधेँरी प्राथमिक विद्यालय नजिकै सडकको भित्तामा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । महिलाको टाउकोमा धारिलो हरियार प्रहार भएको देखिएको प्रहरीले जनाएको छ ।

मृत फेला परेको खवर पछि ईलाका प्रहरी चौकी दोभानबाट प्रहरी निरिक्षकको कमाण्डमा प्रहरीको टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भईरहेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी फुँयालले जानकारी दिए । मृतक थापाका श्रीमान बैदेशिक रोजगारीको शिलसिलामा विदेशमा रहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर