RUMPUM
animated ellipse animated ellipse

विकास निमार्णमा अवरोध भएपछि टेलिफोनका पोल महानगरपालिका आफैले हटाउने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ मंसिर २०७६, मंगलवार १९:०९
3
Shares

विराटनगर / टेलिकमले सडकभित्र रहेका पोल नहटाएपछि टेलिफोनका पोल हटाउन माहनगरपालिका आफैले हटाएको छ ।

टेलिफानेका पोल नहट्दा सडक नाला निमार्ण तथा विस्तारमा अवरोध भएपछि महानगरपालिका आफै पोल हटाउने अभियानमा लागेको हो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुुलीले आज सडक तथा सडक भित्ररहेका टेलिफोनका पोलहरुको अवलोकन गर्दै टेलीकमको सडकमा परेका पोलहरु नहटाए विहिवारदेखि महानगरपालिकाले स्काईवेटर लगाएर सवै पोल हटाउने वताए ।

सडक भित्र पर्ने टेलिफोनका फलामका पोल नहटाउँदा समयमा काम सम्मपन्न गर्न समस्या भएको भन्दै पोल र पोलमा तानिएका केवल नेटका तारहरु नहटाए स्काईवेटरको प्रयोग गरेर पोल हटाउँन महानगरपालिका वाध्य हुुने मेयर पराजुलीले वताए । पटक पटक आग्रह गर्दा पनि टेलिकमले पोल र केवल नेटले पोलमा तानिएका तारहरु हटाउँन वेवास्ता गरेको उनको भनाई थियो ।

विराटनगर महानगरापलिकामा सडक विस्तार एंव ढल निमार्णको काममा पोलहरुले अवरोध पुु¥याएपछि कतिपय स्थानमा कामले गति लिन सकेको छैन । महानगरको परियोजना सञ्चालन भई रहेका दुुई सय भन्दा वढि पोल सडक विस्तारको क्रममा अहिले सडक भित्र भागमा परेका छन् जसका कारण सडक निमार्णमा समस्या भएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले ६ महिनादेखि पटक पटक पत्राचार गरेपनि विराटनगरको जलजला रोड, महाविर रोड, वैंकलाईन,शनिमन्दिर तथा देवकोटा चौकमा रहेको टेलिफोनका पोलहरु नहटाएको महानगरपालिका इन्जिनियर घनश्याम काफ्लेले वताए ।

नेपाल टेलिकम क्षेत्रिय कार्यालय विराटनगरका प्रमुुख रामप्रसाद उपाध्यायले केहि दिनमै सडक भित्र पर्ने पुु¥याउने टेलिफोनका सवै पोल हटने वताए ।

विराटनगरमा अण्डरग्राउन्ड गरेर टेलिफोनका तारहरु व्यवस्थापन गर्ने काम भईरहेकाले पोल हटाउन केहि ढिलाई भएको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर