AArya
RUMPUM
animated ellipse animated ellipse

जलपरी गौरिकाले सागमा सवैभन्दा बदी स्वर्ण जित्ने दिपक विष्टको कीर्तिमान बराबरी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ मंसिर २०७६, सोमबार २०:२१
3
Shares
काठमाडौं / जलपरी गौरिका सिंहले १ सय मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ४ वटा स्वर्ण पदक जित हात पार्दै एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी छिन् ।

१७ वर्षीया ओलम्पियन गौरिकाले आज १ सय मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । उनले भारतीय खेलाडी शिवांगी शर्मालाई पछि पारिन् । शिवांगीको समय ५८.१५ सेकेन्ड रह्यो । यसअघि यहि सागमा गौरिकाले एउटै सागमा ३ स्वर्ण जित्ने कीर्तिमान समेत बनाएकी थिइन् ।

सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । गौरिकाले दीपकसँग कीर्तिमान बराबरी गरेकी छिन् ।

दीपकले चारवटा सागबाट ४ स्वर्ण जितेका थिए भने गौरिकाले एकै सागमा जितेकी हुन् ।

१३ औं सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र २ कास्य पदक जितेकी छन् । नेपालले चालु सागमा ४९ वटा स्वर्ण पदक जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर