RUMPUM
animated ellipse animated ellipse

बालिका बलात्कार गर्ने पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ मंसिर २०७६, आईतवार २१:३५
3
Shares

ओखलढुंगा / ओखलढुंगामा नातिनीलाई बलत्कार गर्ने ५८ वर्षीय एक वृद्ध पक्राउ परेका छन् ।

पक्राउ परेका व्यक्तिले नातामा नातिनी पर्ने १५ वर्षीय बालिकालाई २३ हप्ताअघि बलात्कार गरेको खुलेको छ ।

बालिकाको पेट फुल्दै गएपछि हजुरबुबाबाट बलत्कृत भएको रहस्य बाहिरिएको हो । बालिकाका आफन्तले जाहेरी दिएपछि बृद्धलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय ओेखलढुंगाले जनाएको छ । बालिकाको पेट अस्वभाविक बढेकाले आफन्तले सोधपुछ गर्दा बालिका गर्भवती भएको खुलेको थियो ।

सुस्त मनस्थितिकी ती बालिकाको पेटमा २३ हप्ताकी गर्भवती रहेको र कम उमेरकी भएकाले गर्भपतनका लागि प्रसुती गृह थापाथलीमा पठाईएको जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगाले जनाएको छ । घरमा कोही नभएको मौका छोपी ती वृद्धले गत साउनमा बालिका बलत्कार गरेको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ ।

बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा वृद्धलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यलय ओेखलढुंगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर