पूर्वाञ्चल खबर
विराटनगर / प्याब्सन विराट कप फुटबल टुर्नामेन्ट विराटनगरमा हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा विराटनगरमा मसिर २७ देखि पुस १ गतेसम्म फूटबल टुर्नामेन्ट हुने भएको हो ।
प्याब्सन नगर समितिले विराटनगरमा आज पत्रकार सम्मेलन गरि प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा ४० वटा टिमको सहभागि रहने जानकारी दिइयो । यो टुर्नामेन्ट नकाउटको आधारमा खेल खलाइनेछ । फुटबल खेल क्षेत्रको विकास गराउनुको साथै दक्ष खेलाडी उत्पादन गराउने उद्देश्यले प्याब्सन विराट कप फुटबल टुर्नामेन्ट आयोजना गरिएको प्याब्सन नगर अध्यक्ष इन्द्र राईले बताए ।
प्रतियोगिताको बिजेताले सुन, चाँदी र पित्तलबाट बनेको आकर्षक कप प्रदान गरिनेछ । विजेता टिमलाई प्रदान गरिने कप रनिङ रहनेछ । विराटनगरस्थित सहिद रङ्गशालामा हुने फुटबलमा विराटनगर महानगरपालिकासहित बुढीगंगा र ग्रामथान गाउँपालिकाबाट पनि विद्यालयको सहभागि रहने प्याब्सन नगर सचिब अर्जुन श्रेष्ठले बताए ।
प्रतियोगितामा सहभागि हुने टिमलाई आयोजकले सहभागि शुल्क प्रति टिम ५ हजार रुपैयाँ लिनेछ । प्रतियोगिता सम्पन्न गर्न २ लाख ४० हजार रुपैयाँ लाग्ने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।