पूर्वाञ्चल खबर
इराक / इराकको राजधानी बगदादमा अज्ञात व्यक्तिको गोली प्रहारबाट सात जनाको मृत्यु भएको छ ।
बन्दुकधारीको गोली लागेर कयौं घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । ट्रकमा आएका बन्दुकधारीहरुले अल सिनाक पुल नजिकै एउटा व्यापारीक भवनमा गोली प्रहार गरेको प्रत्यक्षदर्शीलाई उधृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् ।
सरकार विरोधी प्रदर्शनहरु जारी रहेका बेला बन्दुकधारीहरुले जथाभावी गोली चलाएर सर्वसाधारणलाई त्रसित पार्न खोजेको आन्दोलनकारीहरुले आरोप लगाएका छन् । बन्दुकधारीले प्रदर्शनकारीहरुलाई लक्षित गरेर गोली चलाएको बताइएको छ । सरकारको विरोधमा भइरहेका प्रदर्शनहरु अस्वभाविक रुपमा बढीरहेपनि समस्या समाधानका लागि कुनै पहलकदमी नगरिएको भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन् । एजेन्सी