AArya
RUMPUM
animated ellipse animated ellipse

पार्टी भित्र अन्तर्घात गर्नेलाई कारबाही गर्छु : सभापति देउवा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ मंसिर २०७६, शनिबार १८:२९
3
Shares
फाइल तस्वीर

भैरहवा / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् ।

पार्टीको भैरहवासिद्धार्थनगर समितिको दोस्रो नगर भेला तथा साइकल र ह्विल चेयर वितरण समारोहमा पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले पार्टी भित्र अन्तर्घात गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन् । पार्टी भित्रैबाट विद्रोही उम्मेदवार बन्ने, विद्रोही उमेदवारको प्रस्तावक र समर्थक बनेर पार्टीलाई अन्तर्घात गर्ने कार्यकर्तालाई कारबाही नगर्दासम्म पार्टी भित्र अन्तर्घातको खेल भविष्यसम्म रहिरहने उनँको भनाइ थियो ।

पार्टीभित्रै बसिरहने र अन्तर्घात गरेर निर्वाचन हराउने प्रवृत्ति खतरनाक रहेको टिप्प्णी गर्दै सभापति देउवाले हालै सम्पन्न उपनिर्वाचनको परिणामबारे २६ मंसिरमा बोलाइएको केन्द्रीय कार्या समिति बैठकमा समीक्षा गरिने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर