RUMPUM
animated ellipse animated ellipse

समाजसेवी गोयलद्वारा कम्बल र ह्विल चियर वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ मंसिर २०७६, बिहीबार २०:३२
3
Shares

भद्रपुर / समाजसेवी दीनबन्धु गोयलले २८ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा झापाको भद्रपुरमा कम्बल र ह्विल चियर वितरण गरेका छन् ।

भद्रपुरको गिरि चोकमा आज आयोजित कार्यक्रममा समाजसेवी गोयलले २० थान कम्बल र २ थान ह्विल चियर वितरण गरेका हुन् ।

कार्यक्रममा गोयलले आफ्नो कर्मभूमि विराटनगर भए पनि जन्मभूमि भद्रपुरप्रति उत्तिकै स्नेह रहेको उल्लेख गर्दै आफ्ना स्वर्गीय दाजु ओमप्रकाश गोयलका स्मृतिमा झापामा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको जानकारी दिए । स्वर्गीय गोयल झापा उद्योगवाणिज्य सङ्घका सभापति थिए ।
प्रमुख अतिथिका आसनबाट भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गोयलका जस्तै सहयोगी हातहरू सबैका हुने हो भने समाजमा सुख, शान्ति र मेलमिलापको वातावरण आउन कुनै समय नलाग्ने बताए ।

नेपाल नेत्रहीन सङ्घका उपाध्यक्ष द्रोण निरौलाका सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर