पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पर्यटन पूर्वाधार निर्माणले यस क्षेत्रमा छिमेकी देशका पर्यटकको आवागमन वृद्धिवाट समृद्ध कायम हुने बताएका छन् ।
आज विराटनगरमा ‘दुहवी नगरपालिकाको विकासको आधार कृषि, उद्योग, प्रविधि , खेलकूद र व्यापार नाराकासहित पर्यटन क्षेत्र विकास सन्दर्भमा आयोजित सरोकारवाला पक्षवीच दुहवी र पर्यटन विकास गर्ने छलफल कार्यक्रममा मुख्यमन्त्री राईले सो कुरा बताएका हुुन् ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले आगाडि वढाएको योजनावद्ध विकास कार्यमा सङ्घीय, स्थानीय र निजी क्षेत्रसंग समन्वय गरी जनतामा रोजगारी उपलव्ध गराउनुका साथै आधुनिक कृषि प्रणालीवाट आत्मनिर्भर हुने बताए ।
व्यवस्थित विकासको कार्यमा सरकार कार्य गरिरहेको जानकारी दिदै मुख्यमन्त्री राईले स्वच्छ ,सुखी र समूनन्त प्रदेशको निर्माणका लागि सहरी विकास , पर्यटन क्षेत्रको लागि १० वर्षे गुरु योजना चाँडै सार्वजनिक गरिने समेत बताए । उनले विकासमा निजी क्षेत्रको सहभागिता लागि छनौट गरिएका विभिन्न २६ योजनाहरु अर्थमन्त्रालयमा पठाएको जानकारी दिदै यस कार्यका लागि वाह्य लगानी समेत जोडिने बताए ।
प्रदेशको आर्थिक समृद्ध कार्यम गर्न सुनसरीको दुहवी नगरपालिकाले वहुवार्षिक योजना अन्तर्गत १ अर्व २३ करोड ६४ लाखको विभिन्न चार योजनाहरु समेत सार्वजनिक गरेको छ । नगरपालिकाले विस्तृत अध्ययन योजना तयार गरिसकेको ती योजनाहरुमा दुहवी नपा –७ मा ९३ करोड ३१ लाखको लागतमा निर्माण गरिने गोल्डेल वाटर पार्क, वडा नं ११ तनमुनामा ७ करोड लागतमा निर्माण गरिने नगरप्रमुख आवास योजना, वडा नं ४ मा २० करोड ९६ लाखको लागतमा निर्माण गरिने रंगशाला र वडा नं ४ मा १२ करोड ३७ लाखको लागतमा निर्माण गरिने हाटवजार रहेका छन् ।
नगरपालिका, प्रदेश सरकार र नीजि क्षेत्रको लगानीमा निर्माण गर्न आव्हान गरिदै ती सवै योजनाका सम्पन्न पश्चात यस क्षेत्रको एक किमि वरिपरि वसोवास गर्ने प्रदेशका जनता तथा भारत विहार राज्यका करीव एक करोड जनता जनता आकर्षित हुने छन् ।
सो अवसरमा योजना सार्वजनिक गर्दै नगरपालिकामा प्रमुख वेद गच्छदारले योजनाको निर्माणवाट जनताको समृद्ध कायम गने सपना पूरा हुने विश्वास व्यक्त गरे ।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा र नगरपालिका विस्तृम अध्ययन प्रतिवेदन तयार गर्ने हेमन्त वस्यालले छिमेकी देशका ११ करोड जनता योजना तयारपछि आकर्षण बताए ।