AArya
RUMPUM
animated ellipse animated ellipse

एम्स कलेजमा स्विस प्रशिक्षक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ मंसिर २०७६, मंगलवार १६:१८
27
Shares

विराटनगर /विराटनगर–९ मा रहेको एम्स कलेजमा विएचएम अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई होटल मेनेजमेण्ट सम्बन्धि अध्यापन गराउन स्विजरल्याण्डकी नागरीक एञ्जलिका वाल्डे आएकी छिन् ।

स्विस नागरीक वाल्डेलाई कलेजले एक कार्यक्रम गरि भव्य स्वागत गरेको छ । वाल्डेसँग होटल इन्डस्ट्रि सम्बन्धि ३० वर्षको अनुभव छ । एक महिनाका लागि एम्स कलेज आएकी वाल्डेले कलेजमा अध्ययनरत विएचएम संकायका विद्यार्थीहरुलाई हाउस किपिङ, सर्भिस, फ्रन्ट अफिस र प्रडक्सन सम्बन्धि विषेश तालिम दिने छिन् ।

कार्यक्रममा बोल्दै वाल्डेले कलेजमा अध्ययनरत सम्पूर्ण बिद्यार्थीहरुलाई विश्व बजारमा भइरहेको होटल व्यवस्थापनको ढाँचाबाट प्रशिक्षण गराउने बताइन् । विश्व बजारका लागि अति आवश्यक जनशक्ति होटल इन्डष्ट्रिलाई चाहिने र उक्त कार्यका लागि कलेजले गरेको योगदानको प्रशंसा गर्दै उनले भनिन्, “विद्यार्थीहरुलाई यस होटल इन्डष्ट्रि सम्बन्धि चाहिने उपयुक्त जनशक्तिका विकाश गराउँछु”। कलेजले आफ्ना विद्यार्थीको सार्वङ्गिण विकाशका लागि कुनै कसुर बाँकी नराख्ने क्याम्पस प्रमुख सिएम बस्नेतले बताए । कलेजले केही दिन अगाडी मात्र तीन दिनका लागि सिलुगुढीको एक पाँच तारे होटलमा विद्यार्थीहरुलाई तीन दिनको विषेश तालिम दिलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर