पूर्वाञ्चल खबर
उर्लाबारी / मोरङको उर्लाबारी नगरपालिकामा टिप्परको ठक्करबाट वालिकाको मृत्यु भएको छ । उर्लाबारी ५ झुम्राहास्थीत भित्री सडक खण्डमा टिप्परको ठक्करबाट ४ बर्षिया बालिका राधिकाकुमारी मण्डलको मृत्यु भएको हो ।
आज बिहान उत्तरबाट दक्षिणतर्फ आउदै गरेको ना ८ ख ७०५३ नंबरको टिप्परले पैदलयात्री स्थानीय जोगिन्दर मण्डलको छोरी राधिकालाई टिफरले ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको थियो ।
घटनाबारेमा जानकारी पाउनासाथ घटनास्थल तर्फ खटिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गर्नुका साथै टिप्पर र टिप्पर चालक मोरङको रतुवामाईन गरपालिका ५ का ३० वर्षिय आशिष कठेतलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।