RUMPUM
animated ellipse animated ellipse

बलात्कारको आरोप लागेका सिद्धबाबा आईसीयूबाटै पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ मंसिर २०७६, सोमबार ०८:०३
3
Shares
फाइल तस्वीर

विराटनगर / आफ्नै अनुयानीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उपचाररत अस्पतालको आईसीयूबाटै पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले आज सिद्धबाबालाई उपचाररत अस्पताल विराट नर्सिङहोमबाटै पक्राउ गरेको हो । पक्राउ हुने डरले सिद्धबाबा सिकिस्त बिरामी भएको नाटक गर्दै हिजो ११ बजे आईसीयूमा भर्ना भएका थिए ।

सिद्धबाबा विरुद्ध एक महिलाले बलात्कार गरेको उजुरी प्रहरीमा परे पछि उपचारका लागि भन्दैं विराटननसिंह होम भर्ना भएका थिए । महिलासँग घटना सार्वजनिक नगरिदिनु भन्दैं बोलेको फोन अडियो महिलाले सार्वजनिक गरे पछि उनी झन विमारी परि आसियुमा भर्ना गरिएको थियो ।

अनुयायीले अवरोध गर्नसक्ने भएकाले बिहानै आईसीयूबाटै नियन्त्रणमा लिएर सुनसरी ल्याइएको जिल्ला प्रहरी कार्यालय इनरुवाका डिएसपी विनोद शर्माले जानकारी दिएका छन् । ‘चिकित्सकले नलैजानु भन्दैं थिए तर हामीलेआफ्नो काम पुरा गर्न ल्याएका छौं । आजै अदालतमा उपस्थित गराउछौं ’–डिएसपी शर्माले भने–‘अव के गर्ने भन्ने चाही अदालतले निर्णय गर्ने छ ।’ उनलाई पक्राउ गर्न हिजो विहानदेखिनै प्रहरी परिचालन गरिएको थियो ।

‘माइनर हर्ट अट्याक भएकाले हाल सुधार आएको चिकित्सक ज्ञानेन्द गिरीले जानकारी दिएका छन् । उनलाई एम्बुलेन्समा नै जिप्रका इनरुवा ल्याइएको हो । गत कात्तिक ४ गते बलात्कार गरेको महिलाको उजुरीपछि प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको हो । यता कृष्णदासले भने आरोप झुट्टो भएको बताउदैं आएका छन् । सार्वजनिक भएको फोन अडियो फेक भएकोसमेत उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर