RUMPUM
animated ellipse animated ellipse

क्षमता अभिवृद्धि गर्न हाउस अफ मिडियाको तालिम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ मंसिर २०७६, शनिबार १८:१८
81
Shares

विराटनगर / विराटनगरमा विद्यार्थीको क्षमता अभिवृद्धि गर्नका निमित्त विद्यार्थीहरुलाई विभिन्न तालिमको आयोजना गरिएको छ ।

हाउस अफ मिडिया एण्ड इन्टरटेरिमेन्टको आयोजनामा आजदेखि उक्त तालिमको अयोजना गरिएको हो । विद्यार्थीको क्षमता विकास, नेतृत्व विकास साथै मोडलीङलगायका विषयमा रहेर तालिमको आयोजना गरेको हाउस अफ मिडिया एण्ड इन्टरटेरिमेन्टका प्रबन्धक निर्देशक अर्जुन श्रेष्ठले बताए । उनका अनुसार प्रत्येक शनिबार मा हुने तालिम एक महिनासम्म हुने बताए ।

कक्षा ६ देखि १२ सम्म अध्यनरत विद्यार्थीहरुलाई दिईने तालिममा विराटनगरका विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । सो तालिममा गत कार्तिक २३ गते सम्पन्न भएको मिस प्रिन्स एण्ड प्रिन्सेसका सहभागिहरुको पनि उपस्थिति रहेको थियो । उक्त प्रतियोगितामा सहभागि भएका विद्यार्थीहरुमा थप उर्जा मिलोस भन्ने उद्देश्यसहित सहभागी गराएको श्रेष्ठको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर