पूर्वाञ्चल खबर
विराटनगर / स्काउटले बालबालिका तथा युवायुवतीलाई देशप्रेम र विकास निर्माण कार्यमा उत्प्रेरित गर्ने गरेको प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बताएका छन् ।

‘देश विकासका लागी स्काउट’ भन्ने नाराका साथ स्टार स्काउट ट्रुप स्टार बोर्डिङ स्कूलले आजदेखि विराटनगरमा शुरु भएको तीन दिने ‘स्काउट फ्रेण्डशिप क्याम्प–२०७६ को उद्घाटन गर्दै प्रदेश प्रमुख प्यासीले यसले युवायुवतीको क्षमता वृद्धि, धर्यता र चरित्र निर्माण गर्न ठूलो योगदान पु¥याएउँने बताए । उनले राष्ट्रको संविधान , विधि विधान अङगालेको यो संस्थाले सुख, दुःःख, र विपदहरुमा समाजलाई ठूलो सहयोग पु¥याएको बताए । स्काउट अटल र अडिग संस्था भएको हो भन्दै प्रदेश प्रमुख प्यासीले यसको सदस्य हुनु गौरवको कुरा भएको बताए ।
नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकवहादुर भण्डारीले राष्ट्र निर्माण र जीवन उपयोगी शिप विद्यार्थीहरुलाई प्रदान गरिने बताए । प्रदेश सभासदस्यहरु केदार कार्की, जयराम यादव,लीलावल्लभ अधिकारी,सावित्रि रेग्मी, र यशोधा अधिकारीले युवाहरुलाई स्वालम्वन, अनुशासित, सदाचारी, समाजप्रेमी बनाइ समाज र देश विकासको योगदानमा सफलता प्राप्त गरेको धारणा राखे् ।
जिल्ला स्काउट कार्यालय मोरङका प्रमुख प्रदिपकुमार विश्वास, क्याम्पसका संयोजक डा. उद्धव पोखरेल, प्याव्सन केन्द्रीय सचिव राजेशकुमार दासलगायतले क्याम्पमा सहभागी युवायुवतीहरुमा रहेको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताए ।
क्याम्पमा ३५ सामूदायिक र निजी विद्यालयका एक हजार २५ विद्यार्थीहरुको सहभागिता रहेको छ । सो अवसरमा स्काउटमा आवद्ध विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।