पूर्वाञ्चल खबर
विराटनगर / सरकारले शाही आयोग जस्तो बनाउन खोजेको नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आरोप लगाएका छन् ।
विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले तत्कालिन राजा बज्ञानेन्द्रले अख्तियार दुरुपयोगलाई शाही आयोग बनाएजस्तो संवैधानिक परिषद्लाई अध्यादेश मार्फत परिवर्तन गर्न खोजे आफूहरुलाई मान्य नहुने बताए । २०४८ सालदेखिको संवैधानिक परिषद्लाई किन परिवर्तन गर्नुप¥यो ? भन्दै सभापति देउवाले सरकारले आफूहरुसँग झगडा गर्न, निउ खोज्ने काम गरेको दाबी समेत गरे । ‘अख्तियार दुरुपयोगलाई शाही आयोग बनाएजस्तो गर्न खोजिएको छ । हामी कुनै हालतमा मान्दैनौं । अध्यादेश तुरुन्त फिर्ता गर्नुपर्छ,’ देउवाले भने, ‘४८ साल देखिको संवैधानिक परिषद्लाई किन परिवर्तन गर्नुप¥यो ? संसदमा ल्याए भइगयो नि । अहिले ल्याएर झगडा गर्न खोज्ने ? हामीसँग निउ खोज्ने ?’
सभापति खेउवाले भारतले नयाँ नक्सा जारी गर्दा पाकिस्तान र नेपाललाई एउटै ठाउँमा राखेको आरोप समेत लगाए । उनले भारत आफैंले विवादास्पद भन्दै आएको नेपालको कालापानी र सुस्ताको भूभागलाई नयाँ नक्सामा समावेश गर्नु पाकिस्तान र नेपाललाई एउटै ठाउँमा राख्न खोजे दाबी गरे । ‘कालापानी र सुस्ता विवादास्पद ठाउँ हो भनेर भारतले पनि मानेको हो,’ देउवाले भने, ‘अहिले अकास्मात कास्मिकर विवादको हिसावले पाकिस्तान र नेपाल एउटै जस्तो गरेर नक्सा जारी गरेको छ ।’
महाकाली सन्धीमा पनि महाकाली नदी सीमा बाँधिएको बताउँदै सभापति देउवाले सीमा पूर्व कालापानी सीमा पश्चिम इन्डिया रहेको र लिपुलेक पनि नदी पूर्व नैै पर्ने भएकै कारण कालापानीको पानी आधा–आधा गर्ने भनेर सहमति गरेको बताए ।
म प्रधानमन्त्री हुँदा महाकाली सन्धी भएको हो । सन्धीमा महाकाली नदी सीमा बाँधिएको हो । सीमा पूर्व हो कालापानी सीमा पश्चिम हो इन्डिया । लिपुलेक कालानदी पूर्व हो,’ सभापति देउवाको भनाइ छ, ‘सन्धीमा काला नदी सीमानदी हो पानी आधा–आधा भनेर सहमति भएको हो ।’
कालापानी, सुस्ता तथा लिपुलेकको विषयमा दलहरुले अभूतपूर्व एकता गरेर सरकारलाई अगाडि बढ्न भन्दा पनि काम अघि नबढेको भन्दै देउवाले प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाउनु भयो । ‘सबै दलले अघि बढ्नुहोस् भनेर प्रधानमन्त्रीलाई भनेका छौं तर केही गर्नुभएको छैन, गर्नुपर्छ कि पर्दैन उहाँले ? दलहरुबीच अभूतपूर्व एकता भयो सीमाको विषयमा नेपालमा सबै पार्टीले उहाँलाई सपोर्ट गरेको छ, काम अगाडि बढेको छैन,’ देउवाले भन्नुभयो, ‘अगाडि बढ्न भनेको सरकार अगाडि बढ्दै बढ्दैन ।’ प्रतिपक्षी अगाडि बढ्दा पनि हुन्छ होला नि भन्ने प्रश्नमा उहाँले ‘प्रतिपक्षी एक्लै अगाडि बढ्न मिल्छ ? ’ भन्ने प्रतिप्रश्न गर्नुभयो । आफूले बोलेको विषयमा दलबाटै विरोध भएको सन्दर्भमा देउवाले कालापानी भारतको भनेर कसैले नबोलेको कारण अरु विषयमा पार्टीमा यस्तो भइरहने बताउनु भयो ।
उपनिर्वाचनमा कांग्रेसले चुनाव जित्ने दाबी गर्दै कम्युनिष्ट पार्टीले सत्तामा आएर कही नगरेको टिप्पणी गरे । कम्युनिष्ट सरकारले कर बढाएको, उपभोक्ता समितिको नाममा भ्रष्टाचार गरेको र निर्मला पन्तको हत्यारा अहिलेसम्म खोज्न नसकेको देउवाको आरोप छ । देउवा धरानमा हुन लागिरहेको उपनिर्वाचनको सन्दर्भमा आयोजित कांग्रेसको जनसभामा उपस्थित हुन पूर्व आएका हुन देउवा । ‘कांग्रेसले चुनाव जित्छ । कम्युनिष्ट पार्टीले सत्तामा आएपछि के ग¥यो ? कर बढाएको छ एक । उपभोक्ता समितिको नाममा भ्रष्टाचार भएको छ, निर्मला पन्तको हत्यारा अहिलेसम्म खोज्न सकेको छैन,’ देउवाको दाबी थियो ।