पूर्वाञ्चल खबर
धरान /मंसिर १४ गते सुनसरीको धरानमा हुने उपनिर्वाचनलाई लक्षित गर्दै अवान्छित गतिविधिमा संलग्न ९ जना विप्लवका कार्यकर्तालाई धरान प्रहरीले सोमबार साँझ धरानबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अधिकांस संसुवासभा र धरान–८ का रहेका छन् । इलाका प्रहरी कार्यालय धरानका अनुसार संसुवासभा सिलिचौङ–३ ताप्लीका दीपेन्द्र राई, प्र्रवीन राई, उदीप रसाइली, उमेश राई, पदम राई, महेन्द्र राई र सोही ठाउँ घर भई धरान–८ बरगाछी बस्दै आएका सुवास राई छन् । त्यस्तै धरान–८ का संजेस राई र रमेश भनिने कुमार ढकाल छन् । ढकाललाई भानुचौकबाट नियन्त्रणमा लिइएको थियो भने अन्यलाई निराजन बस्तीबाट नियन्त्रणमा लिइएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
उनीहरूको साथबाट विप्लवद्वारा हस्ताक्षरित पर्चा पम्प्लेटसहित २ दशलमव ५ लिटरको नयाँ कुकुर, १० थान मोबाइल, १२ थान सीम कार्ड, एक लाख रुपैयाँभन्दा बढी रकम र २ थान मोटरसाइकलसहित पक्राउ गरिएको हो ।