AArya
RUMPUM
animated ellipse animated ellipse

दारीग्याङले गरे बूढीखोला सरसफाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ मंसिर २०७६, आईतवार २२:२५
3
Shares
सुन्दरहरैंचा / विभिन्न सामाजिक सेवाका काम गर्दै आएको दारी ग्याङ सुन्दरहरैंचाले बुढी खोला सरसफाई गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा सक्रिय रहि देशभर विभिन्न सामाजिक काममा संलग्न हुँदै आएको दारी ग्याङले शनिबार मोरङको सुन्दरहरैंचा नगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालिका बीचमा पर्ने बूढी खोलमा सरसफाई गरेको हो ।

दारीग्याङमा आवद्ध युवाहरुले बूढी खोलमा पर्ने पूर्वपश्चिम पूल मुनीको क्षेत्रका साथै बूढीगंगा मुक्तिघाट क्षेत्र आसपासमा खोला सरसफाई गरेका हुन् । खासगरी खोलामा गत छठ पर्वको समयमा भएको फोहोरका साथै विभिन्न व्यक्तिहरुले फोहोर फाल्ने गरेकाले प्रदुशण बढ्दै गएकाले सरसफाईमा जुटेको दारीग्याङ सुन्दरहरैंचाका अध्यक्ष केशव वास्तोलाले बताए।

खोलामा खासै फोहोर उत्सर्जन नभइ बाहरीबाट फोहोर ल्याएर पुलमाथिबाट फ्याल्ने गरेकाले प्रदुशण बढेको उहाँको भनाइ छ । कुखुराको मासु बेच्ने फ्रेस हाउसहरुले फोहोर फाल्ने गरेकाले उनीहरुलाई सचेत गराउन आवश्यक रहेको अध्यक्ष वास्तोलाले बताए। “कुखुराका पखेटा लगायतका फोहोर एकदम धेरै भेटियो, कुखुराको मासु बेच्नेहरुले पुलमाथिबाट फोहोर फाल्ने गरेकाले पुलमुनी धेरै नै फोहोर देखिएको छ ।” अध्यक्ष वास्तोलाले भने , “यसपटक त हामीले सफा ग¥यौं, फाल्ने काम नरोकिए जति नै सफा गरेपनि उस्तै हुन्छ, उनीहरुलाई यसबीषयमा सचेत गराउन आवश्यक देखिएको छ ।” उनले दुवै नगरपालिका र उद्योग वणिज्य संघहरुलाई फ्रेस हाउसहरुलाई खोलामा लगेर फोहोर नफाल्न सचेत गराउने विषयमा आग्रह गर्ने निर्णय समेत गरिएको अध्यक्ष वास्तोलाले जानकारी दिए ।

सरसफाई कार्यक्रममा दारी ग्याङका करिव २ दर्जन सदस्यहरु सहभागी भएका थिए । सोही दिन बसेको दारीग्याङ सुन्दरहरैंचाको बैठकले यसै महिनाभित्र इटहरी र सुन्दरहरैंचाका विभिन्न विद्यालयमा क्यान्सर रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम समेत गर्ने निर्णय गरेको सचिव उमेश सेञ्चुरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर