AArya
RUMPUM
animated ellipse animated ellipse

विवाहको लागि आवेदन आह्वान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ मंसिर २०७६, आईतवार २०:४७
3
Shares
इनरुवा / सुनसरीको कोशी गाउँपालिकाले विवाह गर्न चाहने युवा युवतीको दरखास्त आह्वान गरेको छ ।

गाउँपालिकाले मंसिर अन्तिम साता आयोजना गर्ने सामूहिक विवाहको लागि आवेदन खुला गरेको हो ।

मंसिर १७ गतेभित्र नजिकको वडा वा गाउँपालिकाको कार्यालयमा विवाह गर्न चाहनेले नाम दर्ता गराउन सक्ने गाउँपालिकाले जनाएको छ । विवाहका लागि अभिभावकको मञ्जुरी भने अनिवार्य गरिएको छ ।
कार्यालयले मंसिरको अन्तिम साता सामूहिक विवाह समारोहको आयोजना गर्नेछ । गाउँपालिकाका विपन्न समुदायलाई लक्षित गरि सामूहिक विवाह कार्यक्रमको आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए । गाउँपालिकाले विपन्न समूदायको सामूहिक विवाहको लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मंसिर अन्तिम साता कोशी कटानमा सार्वजनिक समारोहकबीच सामूहिक विवाह आयोजना गरिने गाउँपालिकाले जनाएको छ । विपन्न समुदायलाई लक्षित गरि आयोजना गरिएको सामूहिक विवाहमा सरिक भएवापत बेहुला र बेहुलीलाई लत्ताकपडाका लागि १०–१० हजार रुपैयाँ गाउँपालिकाले उपलब्ध गराउनेछ ।

अध्यक्ष अन्सारीका अनुसार विवाहमा केटा पक्षले जन्तीसमेत लिएर आउन पाउने छन् । जन्ती भने ५० जना भन्दा बढी ल्याउन पाइने छैन् । जन्तीसहित आगन्तुकको स्वागत तथा खानपिनको व्यवस्थासमेत गाउँपालिकाको कार्यालयले जुटाउने अन्सारीले बताए ।
सामुहिक विवाह कार्यक्रममा गाउँपालिका भित्र बसोबास गर्नेहरुले मात्र सहभागिता जनाउन पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर