RUMPUM
animated ellipse animated ellipse

चतराधाममा लाग्दै आएको कुम्भ मेलालाई धार्मिक अखाडाद्वारा प्रमाणित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ मंसिर २०७६, बिहीबार १९:०९
3
Shares

विराटनगर / नेपालका जगतगुरु बालसन्तले सुनसरीको चतराधाममा लाग्दै आएको कुम्भ मेलालाई भारतका साधुसमाज र धार्मिक अखाडाहरुले प्रमाणित मान्यता दिएर चारै तिरबाट पूर्णता पाएको बताएका छन् ।

जगतगुरुले विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै भारतको उज्यन, प्रयाग, हरिद्वार नासिकमा लाग्ने कुम्भजस्तै मान्यता दिएको उनले बताएका हुन् ।

जगतगुरु बालसन्तलाई हालै वृन्दावनमा भारतका साधु समाजद्धारा नागरिक अभिनन्दन पनि गरेकोे थियो । चतरामा लाग्ने महाकुम्भ मेलाको समर्थन गर्दै यसले भारतका चार धार्मिक स्थलमा लाग्ने जत्तिकै महत्व दिइएको उनले बताए ।

‘भारतीय साधु समाज र अखडाबाट समर्थन प्राप्त भएसंगै अब चतरामा लाग्ने कुम्भ मेलाले भारतमा लाग्ने तुल्य महत्व प्राप्त गरेको छ,’ उनले भने, ‘त्यसबेला पनि भारतका साधुहरुले नेपालमा कुम्भमेला धार्मिक रुपले नै उपयुक्त रहेको भन्दै समर्थन गरेपनि प्रमाणिक दस्ताबेज नहुँदा धेरैले टिप्पणी गरेको तर अब भने यो मजबुत बनेको छ ।’ २०५९ सालमा चतराधाममा कुम्भमेला लगाइँदा धेरै टिकाटिप्पणी भएका थिए । यसको धार्मिक आधार र भारतको समर्थनबारे पनि कुरा उठाइएको थियो । त्यसपछि २०६३ सालमा अर्धकुम्भ लगाइएको थियो । २०७२ सालमा भने पूर्ण महाकुम्भ लगोको थियो । यसमा राष्ट्रपतिको प्रमुख आतिथ्यता रहेको थियो ।

जगतगुरु बालसन्तका अनुसार बराह, स्कन्द र विष्णु पुराणमा पनि चतराधामको महत्व दर्शाइएको छ । उनले भने, ‘शास्त्रमा भएका विषयलाई नै मैले उजागर गर्ने प्रयास गरेको हुँ । अब यो सफल पनि भएको छ ।’

चतराधाममा बालसन्तको प्रयासमा शुरु भएको कुम्भमा सहभागी हुन भारतबाट समेत धेरै भक्तजनको घुइँचो लाग्ने गरेको छ । नेपालभरबाट सप्तकोशीमा स्नान गर्न आउनेको भिड लाग्छ । भारतको वृन्दावनमा शिक्षादीक्षा लिएका बालसन्तलाई भारतका विभिन्न पीठका पिठाधिशहरुले नेपालको जगतगुरुको मान्यता दिएका छन् । सरकारले पनि बालसन्तलाई मान्यता दिएको छ । उनले ७५ फिट अग्लो धातुको नेपाल आमाको मूर्ति स्थापित गराउनेदेखि विभिन्न धार्मिक क्षेत्रको प्रचार तथा निर्माणमा आफूलाई सक्रिय बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर