RUMPUM
animated ellipse animated ellipse

राती डिस्कोमा भेटिएपछि राष्ट्रिय फुटबल टिमका विमलसहित चार खेलाडी बर्खास्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० कार्तिक २०७६, शनिबार २०:५७
3
Shares

काडमाण्डौं / अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई बर्खास्त गरेको छ ।

विश्वकप छनोट अन्तर्गत कुवेतसँग खेल्ने टिममा रहेका फरवार्ड विमल घर्तिमगर, मिडफिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई एन्फाले कारबाही गर्दै बर्खास्त गरेको हो ।

राष्ट्रिय टिमका चार खेलाडी हिजो राति ठमेलस्थित एक डिस्कोमा गएको भेटिएपछि एन्फाले उनीहरुलाई कारबाही गरेको हो । कारबाहीमा परेका विमलसहित चार खेलाडीले कुवेतविरुद्धको खेल खेल्नबाट पनि बञ्चित भएका छन् । बर्खास्त भएका चारै जना खेलाडीको स्थानमा ४ नयाँ खेलाडीले स्थान बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर