AArya
RUMPUM
animated ellipse animated ellipse

आलम नख्खु कारागार चलान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० कार्तिक २०७६, शनिबार १९:१५
3
Shares

रौतहट / रौतहट राजपुर बम विस्फोटका आरोपित निलम्बित सांसद मोहम्मद आफताब आलमलाई आज नख्खु कारागार चलान गरिएको छ ।

जिल्ला अदालत रौतहटले हिजो पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले आज आलमलाई ललितपुरको नख्खु कारागार ल्याएको हो । कारागार व्यवस्थापन विभागका कामु महानिर्देशक वासुदेव घिमिरेले आवश्यक प्रक्रिया पु¥याएर आलमलाई नख्खु कारागारमा राखिएको बताए ।

प्रदेश २ का प्रहरी प्रमुख डिआईजी पद्युन्नकुमार कार्कीले आलमलाई अदालतको आदेशअनुसार सुरक्षित कारागारका रुपमा नख्खु पठाइएको बताए । पूर्वमन्त्री एवं काँग्रेस नेता आलमलाई पूर्पक्ष गरिएपछि उत्पन्न हुनसक्ने परिस्थितिको आँकलन गर्दै रौतहटबाट उपत्यका कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर